सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ८ । अब जनताको घर घरमा खानेपनी पुग्ने खानेपानी तथा सरसफाईमन्त्री बिना मगर दाबी गरेकी छिन् । मन्त्री मगरले स्वच्छ र सफा खानेपानी सबै जनताको नैसर्गिक अधिकार भएकाले जनताको जनताको घर घरमा खानेपानी पुग्ने मन्त्री मगरले दाबी गरेकी हुन् ।
जनतालाई स्वच्छ खानेपानी दिलाउनु सरकारको दायित्व रहेको बताँदै उनले हिमालदेखि तराईसम्म प्रविधिको प्रयोग गरी जनताको घर घरसम्म नदीको पानी पुग्ने योजना सरकारले बनाएको जानकारी पनि दिइन् ।
सरकारले बनाएको योजना अनुसार सबै नेपालीको घरमा सुद्ध पिउने पानी पुग्ने उनको दाबी छ । योजना कार्यन्वयनको चरणमा अघि बढीसकेको पनि उनले जानकरी दिइन् ।
आज काभ्रेको बनेपा नगरपालिका १३ बुढाथोकी गाउँमा लिफ्ट खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री मगरले सरकारको योजनाको बारेमा जानकारी दिएकी हुन् ।
‘पूर्व–पश्चिमका ठूला नदि कर्णाली, भेरी, नारायणी, कोशीलगायतका पानीलाई स्वच्छ, सफा बनाई लिफ्टिङद्वारा सबै जनताका घरमा पु¥याइने छ ।’ उनले भनिन, ‘तराई, पाहाड र हिमाल सबै क्षेत्रका नागरिक खानेपानीको पहुँचबाट टाढा रहने छैनन् ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा