सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ७ । आइपिएल २०१८ मा बिहिवारको दिन सनराइजर्स हैदराबादको लागी कुनै नराम्रो सपना भन्दा कम थिएन, किनभने त्यही भयो जुन कुराको डर थियो । मोहाली मैदानमा भएको खेलमा किंग्स इलेवन पंजाबका क्रिस गेलले आईपिएल २०१८ को पहिलो शतक ठोके । युनिभर्सल बोस क्रिसले ६३ बलमा एक चौका र ११ छक्काको मद्यतले १०४ रनको शतक पारी खेले । क्रिस गेलले आफनो यो शतक आफनो छोरीलाई समर्पित गरेका छन् ।
आफनो धमाकेदार पारी पछि क्रिस गेल भावुक देखिए र उनले भने “धेरै मानिसले सोचे कि म बुढो भइसके तर यो पारीपछि मसँग साबीत गर्नको लागी केही पनि बाँकी छैन यो नै काफि छ , यो शतक म मेरो छोरीप्रति समर्पित गर्न चाहन्छु , शुक्रबार उसको जन्मदिन हो “।
गेलले धेरै रहरलाग्दो तरिकाले आफनो शतक सेलिब्रेट गरे । उनले आफनो ब्याटलाई आफनो दुबै हातको विचमा लिएर झुलाएको थिए जस्तै कि हातमा ब्याट हैन बच्चा थियो ।
सनराइजर्स हैदराबाद विरुद्ध आफनो १०४ रनको उत्कृष्ट पारीसँगै गेल आईपिएलको ११ औ सीजनमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । आईपीएलको ईतिहासमा गेलको यो ६ औ शतक हो । गेलले आफनो पहिलो ५० रन ३९ बलमा र आफनो दोस्रो ५० रन मात्र १९ बलमा पुरा गरेकना थिए । गेलको नाम आईपीएल इतिहासमा सबैभन्दा बढि शतक बनाउनेमा छ । सनराइजर्स विरुद्ध उनले छैठौ शतक जोडेका हुन् ।
यो पटक आईपीएल नीलामीमा क्रिस गेल पहिलो दुई राउण्डमा अनसोल्ड रहेका थिए, आखिर तेस्रो पटक किंग्स इलेवन पंजाबले उनलाई उनको बेस प्राइसमा किनेको थियो ।
मोहालीमा शतक ठोकेपछि स्क्रीनमा क्रिस गेलको वाईफ नताशालाई दिखाइयो, उनीसँग उनीहरुका छोरी पनि सँगै थिइन ।
नताशा पेशाले एक फेसन डिजाइनर हुन् । नताशाले २०१६ मा एउटा छोरीको जन्म दिएकी थिइन । जुन समय नताशाले बच्चिलाई जन्म दिइन त्यही समय क्रिस म्याच खेलीरहेका थिए । क्रिस र नताशा आफनो छोरीलाई ब्लश भनेर बोलाउछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा