सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, बैशाख ५ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव गर्न लागिएको छ । प्रकृतिसँग साहित्य घडियाल काब्य उत्सव आगामी वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ ।
अति संकटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काब्य उत्सवको आयोजना गरिएको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।
नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी आन्तरिक र बाह्य पर्यटकको आँखामा साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गरी संरक्षणमा निरन्तरता दिने काब्य उत्सवको लक्ष्य रहेको छ ।
नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा पुर्याउने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा