सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाँके, वैशाख २। बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो ।
शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समयमा तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भन्सार तथा पशु क्वारेन्टाइनबाट समेत कागजपत्र मिलाएर पूर्वी नाका हुँदै बाहिरी मुलुक पुर्याउने गरिन्छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा