सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,चैत ३०। महानगरीय प्रहरी बृत सिंहदरवारमा एक अभियुक्तको मृत्यु भएको छ। बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीलार्इ प्रहरीले ३३ किलो सुन काण्डमा पक्राउ गरेको थियो।
मृत चौधरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। विमानस्थलबाट सुन तस्करीमा तस्करहरूलार्इ सहयोग गरेको अभियोगमा चौधरीलार्इ सीआईबीले पक्राउ गरेको थियो। अनुसन्धानका लागि महानगरीय प्रहरी बृत सिंहदरवारमा राखिएका उनको रहस्मय तरिकाले मृत्यु भएको हो।
मृतकको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यसहित १९ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणमै प्रहरी संग्लनताको आशंका गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका उच्च प्रहरी अधिकारी पनि शंकाको घेरामा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा