सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २९ । मिस नेपाल– २०१८ को उपाधि हेटौंडाकी २२ वर्षीया श्रृंखला खतिवडाले जितेकी छन्। बुधबार साँझ काठमाडौंको होटल अन्नपुर्णमा आयोजित २३ औं संस्करणमा भएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्।
२० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धीलाई पाखा लगाउदै मिस नेपालको उपाधि जितेकी हुन् ।
प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला रु’ भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै खतिवडाले मिस नेपाल बनेकी हुन ।
श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन । उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन ।
उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन्। त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनरत आर्किटेक्टकी विद्यार्थी हुन्।
यस्तै गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा