सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २२। सुन तोलामा २ सय रुपैयाँले घटेको छ । बिहिबार सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । तोजावी सुन भने प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा