सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ५ । सहप्राध्यापक डा विनोद थापाको ‘नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातको योगदान’ शीर्षक पुस्तक बजारमा आएको छ ।
दहका रुपमा रहेको काठमाडौँ खाल्डो चोभारको डाँडा महामञ्जुश्रीले आफ्नो खड्गबाट काटेर पानी निकास गरी मानवबस्ती बसालेदेखि राजतन्त्रसँग निकट जोडिएको इतिहास भएको नेपालको आधुनिक इतिहासलाई यस पुस्तकले बाहिर ल्याउन खोजिएको छ ।
नेपाल खाल्डोमा गणतन्त्र स्थापना नभएसम्म यलम्बरसहित ३२ किराती राजा, लिच्छवि, मल्ल तथा शाहवंशसम्म लगातार राजतन्त्रको शासन रह्यो । लिगलिग कोट राज्य खडा गर्ने शाहवंशीय राजा द्रव्य शाह अगाडिदेखि नै नेपालको बाइसे–चौबीसे राज्यमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका बस्नेत, बस्न्यातमध्येका श्रीपाली बस्न्यातका बारेमा उक्त पुस्तकमा चर्चा गरिएकोे छ ।
विसं १७७५ पछिका राजा तथा वीरवीरांगना पात्रको इतिहास संकलित यो कृतिमा पृथ्वीनारायण शाहको नेतृत्वमा चलाइएको नेपाल एकीकरणको दूरदर्शीपूर्ण अभियानको अग्रपंक्तिमा देखिएका वीर योद्धा,सेनापति शिवरामसिंह बस्न्यातका वंशज तथा उहाँका दाजुभाइ खलकका वंशजसमेतको ऐतिहासिक कालदेखिको विवरण कृतिमा छ । कृतिले श्रीपाली बस्न्यात वंशको लमजुङदेखि गोरखा हुँदै आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह र उहाँका वंशजसँगको सम्बन्धलाई उजागर गरेको छ ।
राजा द्रव्य शाहले लिगलिग कोटमा राज्य स्थापना गरेदेखि विसं १६१६ देखि नै नेपालको पुनः एकीकरणको कामको शुरुआत भएको र राजा द्रव्य, राम, नरभूपाल, पृथ्वीनारायण, रानी राजेन्द्रलक्ष्मी, राजकुमार बहादुर शाह, राजा गीर्वाणयुद्धविक्रम शाह र श्री ३ जंगबहादुर राणासम्मले सो काम गरेको इतिहास रहेको प्रा थापाले पुस्तकमा लेखेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा