सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ३। प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जनसम्पर्क महाशाखा प्रमुख महासेनानी विजय थापाले भलिबल प्रतियोगिता लिग कम आउटका आधारमा सञ्चालन हुने जानकारी दिए । वि.सं २०७२ देखि शुरु भएको सो प्रतियोगिताको प्रथम र द्वितीय संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लबका टोलीले प्रथम भई वर्चश्व कायम गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, द्वितीय हुनेले रु एक लाख ५० हजार तथा तृतीय हुनेले रु ७५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर तथा प्रशिक्षकले रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनमा महासेनानी थापाले भने, “भलिबल प्रतियोगिताले नेपाली भलिबल खेलको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।” रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा