सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागनु ३ । नेकपा एमालेका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताएका छन्। एमाले संसदीय दलको पहिलो बैठकमा सांसदहरुलाई निर्देशन दिँदै ओलीले देश विकासको लागि सम्पूर्ण सामर्थ्य लगाउने बताए । जनताको ठूलो अपेक्षा र भरोसा आफूहरुमा रहेको भन्दै ओलीले त्यसलाई पूरा गर्न सबै गम्भीर हुन सांसदहरुलाई निर्देशन दिए ।
ओलीले भने‘ हाम्रो विशेषता के हो भने अरु जुनसुकै कुराको सीमा भएपनि त्यही इमानका लागि हामीले काम गर्नुपर्छ ।’
जनताको हीतको लागि काम गर्न ओलीले सांसदहरुलाई निर्देशन दिए । ‘स्थानीय तहमा ७५३ निकाय हामीसँग छ । देशभर १४ हजार भन्दा बढी एमालेका एकलै छन् । सात प्रदेश मध्ये ६ मा हामी सत्ता पक्ष नै छौं ।’ ओलीले भने,‘हाम्रो सरकार बनेर पनि काम गर्न सकेनौ भने कसले गर्छ ?’
ओलीले ढिला सुस्ती र जनताले सुविधा नपाउने काम आफ्नो सरकाबाट नहुने र त्यस्तो कार्य भए क्षमा नहुने चेतावनी दिएका छ्न ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा