सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन २ । प्रदेश नम्बर ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले घर्तीलाई सभामुख चयन गरेको हो । बैठकमा जेष्ठ सदस्यको हैसियतले अध्यक्षता गरेका बलदेव शर्मा पोखरलले माओवादी केन्द्रका घर्तीलाई निर्विरोध चयन गरेको घोषणा गरेका थिए ।
सभामुखमा घर्तीको मात्रै उम्मेद्वारी परेको थियो । घर्तीलाई सभामुख बनाउन माओवादी केन्द्रका सचेतक दघिराम न्यौपानले गरेको प्रस्तावलाई एमालेका सचेतक भुमिस्वर ढकालको समर्थन गरेका थिए । सभामुख निर्वाचित घर्तीले बुधबार साँझ ५ बजे शपथ लिँदैछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा