सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २ । आज फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस । विश्वभर आफन्त परिवार, साथीभाइलाई उपहार, गुलावको फूल दिई एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदैछ । विशेषगरी प्रणय दिवसको दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनका रुपमा प्रेमी प्रेमीका तथा श्रीमान श्रीमतीहरुले यसलाई चाडकै रुपमा लिन्छन् ।
यो दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रणय दिवस पश्चिमा संस्कृति भएपनि केहि वर्ष यता नेपालमा यो दिवसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । मायाप्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा यो दिवस विकृतितर्फ उन्मूख भैरहेको छ ।
ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।
आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउदै आएको छ ।
यसैबीच भ्यालेन्टाइन्स डेका लागि यसपटक एक लाख ९० हजार थान गुलाब स्टिक आयात भएको छ । यसदिन गुलावको धेरै कारोबार हुने भएकाले भारतबाट पनि आयात गरिएको छ । प्रेम दिवसप्रतिको आकर्षण बढ्दो तर त्यहि अनुपातमा गुलावको उत्पादन नहुँदा आयात बढेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।
कृत्रिम फूल छिट्टै नबिग्रने भएकाले उपभोक्ताको आकर्षण पनि यसमा बढ्दै गएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा