सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २ । देशभर २ सयभन्दा बढी पुल अति जीर्ण अवस्थामा रहे पनि मर्मतसम्भार अघि बढाइएको छैन । बजेट अभावमा पुल मर्मत गर्न नसकिएको सडक विभागको दावी छ ।
विभागका अनुसार ती पुल सडक सुरक्षाका दृष्टिले संवेदनशील अवस्थामा पुगिसकेका छन् । सबै पुल मर्मत गर्न २ अर्ब ९० करोड रुपैयाँ लाग्ने विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार मर्मतबाहेक मुलुकभर निर्माणाधीन १६ सयभन्दा बढी पुलका लागि समेत बजेट अपुग छ ।
निर्माणधीनभन्दा जीर्ण पुलको संवेदनशीलता हेरेर बजेट विनियोजन गर्नुपर्ने थापाको भनाइ छ । –कान्तिपुर दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा