सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २ । बीउमा पूर्ण परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्याधिक हुने गरेको छ । नेपालमा बार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन नेपाल(फ्यान) का अनुसार सबै प्रकारका गरी नेपालमा वार्षिक १० अर्ब मूल्यबराबरको यmूलको बिउ आयात हुन्छ ।
यसमध्ये करिब ४ प्रतिशत गुलाबको बीउको हिस्सा पर्छ । विवाह, भोज-भतेर, पार्टी सेमिनार, शुभकार्यको अवसरमा यो फूल बढी प्रयोग हुन्छ ।
त्यसबाहेक सबैभन्दा बढी माग भ्यालेन्टाइन डेका दिन माग ह्वात्तै बढ्छ । भ्यालेन्टाइन्स डेका लागि यसपटक एक लाख ९० हजार थान गुलाब स्टिक आयात भएको छ ।
भ्यालेन्टाइन्स डेमा दुई लाख ५० हजार थान गुलाबको स्टिम र स्टिकको कारोबार हुन्छ । र यो दिनमा मात्रै दुई करोड ५० लाख मूल्यबराबरको गुलाब फूलको ब्यापार हुने खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा