सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी, फागुन १ । जिल्लाको कञ्चनरुप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट दुई व्यक्तिको ज्यान गएको छ । कन्चनरुप नगरपालिका–५ बस्ने ४५ बर्षीया दुर्गी मुखिया र सोही स्थान बस्ने ३५ बर्षीया मन्जु साहको मंगलबार मृत्यु भएको हो ।
कोशी टप्पु बन्यजन्तु आरक्षणमा घाँस दाउरा गर्न गएका उनीहरुलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा