सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईलाई अचम्म लाग्न सक्छ सात बर्षको बच्चाले १६ लाख बढि कमाउछन् भन्दा हो पुर्वी चीनको झेझियांग प्रान्तमा बस्ने सात बर्षको बच्चाले योग सिकाएर एक लाख युयान यानी १६ लाख रुपैया भन्दा बढि कमाएका छन् ।
ताईझाउ शाहरको वेनलिंगमा बस्ने सन चुयांग उर्फ माइकले तीन बर्षसम्म योग सिके र एक बर्ष पहिला मात्र योग शिक्षकका प्रमाणपत्र हासिल गरे ।
उनी चीनको मात्र होइन पुरा विश्वकै सबैभन्दा कम उमेरका योग शिक्षक पनि बनेका छन् ।
अहिले सन चुयांग १०० भन्दा बढि छात्रछात्राहरुलाई योगको शिक्षा दिन्छन् । उसकी आमाले बताए अनुसार सनलाई दुई बर्षको उमेरदेखि नै आटिज्म रोग लागेको थियो जसका कारण उनलाई डे केयर सेन्टरमा पठाइयोे । उनलाई उक्त रोगबाट मुक्ति दिलाउनको लागी नै त्यस उमेरदेखि नै योग सिकाइएको थियो ।
एक बर्ष पछि उनी तिन बर्षको उमेर हुदादेखि नै सनले योगको विषयमा प्रतिभा देखाउन थाले । दुई बर्षपछि उसको आटिज्मको रोग पनि पुरै ठिक भयो ।
सनले ६ बर्षको उमेरदेखि नै योग सेन्टरमा योग गुरुको रुपमा योग सिकाउन शुरु गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा