सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखुम्बु, फागुन १ । महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । मिलन राईको घरमा काम गरिखाने स्मृति कुलुङले घर नजिकै बारीमा झ्यास पोल्ने क्रममा घर नजिकै रहेको परालमा आगो सल्किँदा घरमा आगलागी भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
घरधनी मिलन राई काठमाडौं बस्दै आएका र स्थानीय सञ्जय कुलुङलाई घरको समेत रेखदेख गरी बस्न दिइएको प्रहरीको भनाइ छ । स्मृति सञ्जय कुलुङकी श्रीमती हुन् ।
घरमा भएको काठपात सबै जलेर नष्ट भएको छ भने घरधनी बाहिर बस्ने भएकाले बहुमूल्य वस्तु नरहेको बताइएको छ । आगो सोमबारै नियन्त्रणमा आएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा