सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २८ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका पदाधिकारीले आइतबार बिहान राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई बुधबार भएको राष्ट्रियसभा चुनावको परिणाम बुझाएका हुन् । राष्ट्रियसभा चुनावको परिणाम बुझ्दै राष्ट्रपति भण्डारीले तीनवटै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका भन्दै आयोगलाई धन्यवाद दिनुभयो ।
राष्ट्रियसभामा एमालेले २७, नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नपालले समान २ सिट जितेका थिए । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारकातर्फबाट राष्ट्रियसभामा मनोनयन हुनेको नाम तय गर्न प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिएको छ ।
बुधबार भएको राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपतिलाई बुझाए पनि आयोगले मंसिरमा भएको प्रतिनिधिसभाको चुनावको परिणाम भने अझै पनि बुझाएको छैन । आयोगले आउँदो शनिबारभित्र प्रतिनिधिसभाको चुनाव परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी हुने सांसदको नाम भोलिसम्ममा पठाउन आयोगले दलहरुलाई आग्रह गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा