सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, माघ २८ । रुपन्देहीमा ५९ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १० स्थानीय तहमा ३ दिनसम्म सञ्चालन गरिएको कुष्ठरोग खोज अभियानको क्रममा ५९ जना कुष्टरोगका नयाँ बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
खोज गरिएका स्थानमध्ये सबैभन्दा बढी सम्मरीमाई गाउँपालिकामा १५ जना कुष्ठरोगी भेटिएका छन् । रुपन्देहीमा १३ महिलासहित पुराना १ सय २२ जना बिरामीले कुष्ठरोग निको पार्ने औषधि खाइरहेका छन् ।
विज्ञ टोली , स्वास्थ्यकर्मीसहित खोज अभियानमा ८ सय ३८ जना परिचालन गरिएको थियो । कुष्ठरोगको संक्रमणका हिसाबले रुपन्देही पनि जोखिमयुक्त जिल्ला हो । नेपाललाई सन् २०२० सम्म कुष्ठरोगमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिइएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा