सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनाङ, माघ २८। मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो । साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहँुदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका सह– इन्चार्ज नारायण लामाले बताए । विसं २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोर दोहर गरिरहेका छन् ।
गत जेठमा सडक डिभिजनसँग रु दुई करोड पाँच लाख १७ हजार ८६९ मा सम्झौता गरी यही पुसबाट काम शुरु भएको हो । मनाङको सडकमा तिमाङ खोला र पिसाङ खोलामा पनि पुल निर्माणको सम्झौता भएको छ । तिमाङ खोला र पिसाङ खोलामा बढी चिसोका कारण काम गर्न कठिन भएकाले हाल काम रोकिएको छ ।
यस म्यादी खोलाको पुल निर्माणको आगामी २०७५ साल जेठ सम्ममा सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तसम्म सब काम सक्ने लक्ष्य रहेको र चार दिनपछि पुन सवारी आवत जावत सञ्चालन हुने सहइन्चार्ज लामाले बताएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा