सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर, माघ २८। भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका हुन् ।
शिविरबाट ८५ जनालाई नागरिकता वितरण, तीन जनालाई अपाङ्गता परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाबाट १७० जनाको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण लगायतको सेवा प्रवाह गरिएको थियो ।
त्यस्तै जिल्ला भू–संरक्षण, वन, कृषि तर्फबाट एक हजार २०० बिरुवा वितरण गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिए । राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइ तथा अन्य विषयगत कार्यालयको आयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविरबाट यहाँका स्थानीय लाभान्वित भएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा