सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, माघ २८। मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।
पैनीमा डुबेर मृत्यु
मोरङको रंगेली नगरपालिकामा पैनीमा शनिबार एक महिलाको रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा