सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी, माघ २८ । बालिका बलात्कार घटनाका फरार आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले भारतको पश्चिम बंगालबाट पक्राउ गरेको छ। श्रेष्ठलाई शनिबार नै सुनसरी ल्याइएको हो।
पुस १६ गते राति साथीको गर्लफ्रेन्ड बलात्कार गरेको आरोप लागेका श्रेष्ठलाई प्रहरीले भारतको जलपाइगुडीबाट पक्राउ गरेको हो।
चिया बगानमा काम गर्ने आफन्तको घरमा श्रीमतीसहित बसिरहेका उनलाई नेपालबाट गएका प्रहरीले पश्चिम बंगाल प्रहरीको सहयोगमा पक्राउ गरेका हुन् ।
पक्राउ परेका उनको परिचयपत्र भारतीय प्रहरीले माग गरेपछि भने काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याउन निकै समय लागेको थियो। पछि सुरक्षा उच्च अधिकारीले भारतीय अधिकारीसँग वार्ता गरेपछि मात्र श्रेष्ठलाई नेपाल ल्याइएको हो।
उनलाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरिने वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए ।
इटहरी २ मा रहेको रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई खोजी गरेको थियो । उनीविरुद्ध किशोरीले किटानी जाहेरी दिएकी छन्।
धरानका जोकभ लिम्बुकी १४ बर्षीया गर्लफ्रेन्डलाई इटहरी २ स्थित रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा लगेर उनले जबरजस्ती बलात्कार गरेको बयान पीडितले प्रहरीसमक्ष दिएकी थिइन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा