• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

      फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

      त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

      म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

      तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

      भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

      हावाहुरीका कारण आँप, लिचीमा क्षति

      चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

      अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

      वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

      भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो

      सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

      पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

      दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

      तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

    होमपेज /  शिक्षा

    नगरपालिकाको नयाँ कदमः सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापन समिति भंग

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ माघ २६, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    भक्तपुर, माघ २६। सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । गत पुस २८ गते बसेको नगरसभाले शिक्षा नियमावली पारित गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित वडाका अध्यक्ष वा सदस्यमध्येबाट एकजना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेसँगै नगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेको हो ।

    नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकाले सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति भंग गरी नगरभित्रका सामुदायिक विद्यालयलाई नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति पुनःगठन तथा विद्यालयस्तरमा गर्नुपर्ने अन्य व्यवस्था तत्काल कार्यान्वयन गर्न पत्राचार गरिसकेको जानकारी दिए । सूर्यविनायक नगरभित्र ५६ वटा निजी र ४० वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले यस्तो निर्णय गरेसँगै यहाँका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनको प्रक्रिया शुरु गरेको उनले जानकारी दिए।

    नगरसभाले जनप्रतिनिधिको नेतृत्वमा सामुदायिक विद्यालय भए शिक्षाको गुणस्तरमा वृद्धि हुने ठहर गर्दै यस्तो निर्णय गरेको जानकारी दिँदै नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले यस नगरले हरेक वर्ष नमूना विद्यालय बनाउने अठोटसमेत गरेको जानकारी दिए । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्थाअनुसार यस्तो निर्णय भएको बताउँदै उनले स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ को उपदफा २ खण्ड ‘ज’ को सात ७ नं बुँदामा विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापनको व्यवस्थालाई नगरपालिकाले कार्यान्वयनमा ल्याएको उनको भनाइ थियो ।

    सार्वजनिक शिक्षामा सुधार ल्याउन र यहाँका सबै सामुदायिक विद्यालयको भौतिक संरचनाको सुधार, शिक्षकलाई तालीमको व्यवस्था र अग्रेजी माध्यमबाट पढाइसञ्चालन गरेर नमूनाको विद्यालय बनाउने नगरपालिकाले निर्णय गरेको छ । संविधानले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सहितको अधिकार स्थानीय सरकारमा हुने व्यवस्था गरे पनि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकका संघ संगठनले विरोध गर्दै आएका छन् ।

    यसअघि पनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले व्यवस्थापन समिति भंग गरेपछि उच्च अदालत पाटनमा परेको रिट उपर न्यायाधीश केशवराज जोशी र कृष्ण कमल अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनुनपर्ने भनी गरेको निर्णयले अब विद्यालय व्यवस्थापन समिति भंग गरेर नयाँ गठन गर्न स्थानीय सरकारलाई सहज बनाएको छ । –रमेश गिरी,रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ : प्याब्सन

    देशभरका सबै शैक्षिक संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

    बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी गराउन राजधानीमा एडभोयको एजेन्ट कनकेल्भ

    भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी : आन्तरिक आम्दानी हुन थालेपछि विद्यालय नेतृत्वमा भने हानथाप

    एसईई परीक्षा जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

    गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

    म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

    तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

    कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली

    सिमकोट विमानस्थल जोखिममा

    कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑