सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, माघ २६। नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला ‘ख’ बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए । अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उनले बताए ।
नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुन् । पार्टीले अनपेक्षित हार व्यहोरेपछि उनले अहिले दलको नेतामा चित्त बुझाउनुपरेको छ । यो प्रदेशमा काँग्रेसका छजना प्रदेश सांसद रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा