सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कपिलवस्तु , माघ २४। सीमा नाका कृष्णनगरबाट एक युवतीको उद्धार गरिएको छ। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार कपिलवस्तुकी एक युवतीको उद्धार गरेको हो। बुद्धभूमि नगरपालिकाकी १९ वर्षीया एक युवती भारतको बलरामपुर जाँदै गर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए। घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदै गरेको अवस्थामा युवतीलाई सीमाबाट उद्धार गरिएको विश्वकर्माले बताए।
उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अवस्थासमेत कमजोर रहेकाले भारततिर जान लागेको युवतीले बताएको विश्वकर्माले बताए।
भारत जाँदा आउन सक्ने जोखिमलाई हेरी निजका अभिभावक बोलाई आवश्यक प्रक्रिया पुर्याई युवतीलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवनमा विभिन्न सीप सिकाउनका लागि रिफर गरिएको विश्वकर्माले जानकारी दिए। विश्वकर्माका रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा