सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २४ । विश्वको सबैभन्दा शाक्तिशाली रकेट फल्कन हेवी सफलतापुर्वक प्रक्षेपण गरेको छ । अमेरीकी कम्पनि स्पेस एक्सद्धारा निर्माण गरीएको यस रकेट प्रक्षेपण पश्चात मानिसहरुमा उत्साह पैदा भएको छ । फ्लोरिडा राज्यमा अवस्थित क्यानेडी स्पेस नासाको प्रक्षेपण ऐतिहासीक उडान समेत भरेको हो । यस रकेटसँगै एलन मस्क को स्पोर्टस् कार पनि पठाइएको छ ।
मिडिया रिपोर्टका अनुसार यस रकेटको तौल ६३.८ टन रहेको छ भने यसको लम्बाई २३० फिट तथा यो रकेट यानमा २७ मर्लिन इंन्जिन लगाइएको छ ।
प्रक्षेपण भन्दा पहिला स्पेस एक्स का धनि एलन मस्कले भनेका थिए ५० बर्ष पहिला मानव जाती चन्द्रमा जाने यात्रा शुरुवात भएको थियो त्यही पुरा विश्व भरका मानिसहरु सबैभन्दा ठुलो रकेट तथा सबैभन्दा ठुलो आतिशबाजी प्रदर्शन हेर्न फ्लोरिडा आएका छन् ।
यो रकेटको निर्माण टेस्लाका खर्बपति एलन मस्कको कम्पनि स्पेसएक्सले गरेको हो ।
कम्पनिले उक्त रकेट अहिलेसम्म कै सबैभन्दा शक्तिशालि भएको दाबी गरेको छ । यसको सफल परिषण पश्चात मानवहरु मंगल तथा चन्द्रमा पुराउन सकिनेछ । रेकेटसँगै भविष्यको स्पेस सुट लगाएको एउटा पुत्ला तथा चेरी कलरको टेस्ला कार पनि पठाइएको छ । रकेट पृश्वीको परिक्रमा गरी मंगलग्रह को चक्कर लगाउने छ । कक्षमा पुग्ने वित्तिकै यो रकेट ११ कि।मी प्रति सेकेण्डको रफ्तारमा चक्कर लगाउने मस्कले दाबी गरेको छन् । मिडिया एजेन्सिहरुको सहयोगमा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा