सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पौष १ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन तर्फ एमालेको अग्रता कायमै रहेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ३१ लाख २४ हजार ७ सय ४७ मतसहित अग्रस्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ७१ मत प्राप्त गरेको छ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल ४ लाख ५९ हजार ७१ मत प्राप्त गर्दै चौँथो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपाल ४ लाख ४७ हजार ५ सय ३९ मत प्राप्त गर्दै पाँचौँ स्थानमा छन्।
त्यस्तै विवेशील साझा पार्टी २ लाख ११ हजार ४ सय ९३ मत प्राप्त गर्दै छैँठौँ स्थानमा छ भने कमल थापा नेतृत्वको राप्रपा १ लाख ९३ हजार ८ सय ७२ मतसहित सातौँ स्थानमा छन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा