सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, मंसिर २३ । मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेका छन् ।
कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् ।
दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ ।
मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए पनि पछिल्लो समयमा दाहालले थापासँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा