सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, मंसिर २३ । गुल्मीमा एमाले नेता खडग केसी विजयीगुल्मी– गुल्मीको प्रतिनिधिसभा २ अन्तर्गत पर्ने प्रदेशसभा निर्वाचन–१ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रमा वाम गठबन्धनका एमालेका उम्मेद्वार खडग केसी विजयी भएका हुन् ।
उनले नेपाली काँग्रेसका उम्मेदवार शालिक पन्थीलाई ४ हजार ४ सय ९२ को अन्तरले हराउँदै विजयी भएका हुन् । मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ६ वटा वडा मिलाएर बनाइएको प्रदेशसभामा ठुलो मत अन्तरले केसी विजयी भएका छन् ।
केसीले १६ हजार १ सय ६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका छन् । रासस
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा