सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङ्सिर २२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको भोजपुरको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । भोजपुरमा बामपन्थी गठबन्धनले आफ्नो अग्रता कायम राखेको छ ।
भोजपुर प्रदेशसभा ‘ख’ मा एमाले उमेदवार शेरधन राई ६ हजार बढी मतले अगाडि देखिएका छन् । पछिल्लो नतिजाअनुसार पुर्व सूचना तथा संचारमन्त्री राईले ९ हजार ९८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ३ हजार ३६१ मत ल्याएका छन् ।
त्यस्तै प्रदेशसभा ‘क’ मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले ४ हजार ८१४ मत पाएका छन् । संघिय समाजवादी फोरम नेपालका अजम्बर कामबाङले २ हजार ६१८ मत लिएर राजेन्द्रलाई पछ्याईरहेका छन् ।
भोजपुर प्रतिनीधी सभातर्फ बाम गठबन्धनका सुदन किरातीले ६ हजार ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका उमेशजंग रायमाझीले ४ हजार ६३० मत प्राप्त गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा