सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, कात्तिक १४ । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका ७७ वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र घोषणा गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच, अपराधिक गतिविधिको दृष्टिले ७७ वटा मतदान केन्द्रलाई संवेदनशील घोषण गरिएको हो । जिल्ला सुरक्षा समिति कैलालीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै ७७ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचिमा राखेको बताउनुभयो ।
यस्तै जिल्लामा रहेका २ सय ३१ वटा मतदान केन्द्रमध्ये १ सय १७ वटा मतदान केन्द्रलाई संवेदनशील र ३७ वटा मतदान केन्द्रलाई सामान्यको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रिजालले चुनाव नजिकिँदै जाँदा भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच, अपराधिक गतिविधिको दृष्टिलाई मध्यनजर गर्दै यो सूचिमा घटबढ हुने बताउनुभयो । स्थानीय तहको चुनावका बेला कैलालीमा ६६ वटा अति संवेदनशील ८२ वटा संवेदनशील र ८३ वटा सामान्य मतदान केन्द्र रहेका थिए ।
उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि चुनावका लागि छुट्टाछुट्टै सुरक्षा योजनाहरु बनाइरहेको जानकारी दिनुभयो । यस्तै १६ गतेको मनोनयन दर्ताका लागि चुनावमा कार्यालयले आ–आफ्नो पार्टीको मनोनयन दर्ताको समय दिन दलहरुलाई आग्रह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा