सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक १४ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार गएराति भएको खेलमा बर्नली विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बर्नलीले न्युक्यासल युनाइटेडलाई १–० ले हराएको हो ।
निकै नै रोमाञ्चक खेलमा दुबै टिमलाई गोल गर्न दबाबमा खेले पनि पहिलो हाफ गोलरहित बराबरीमा खेले । खेलको ७४ औ मिनेटमा बर्नलीका लागी जेफ हेन्ड्रिकले पहिलो तथा निर्णायक गोल गरे । त्यसपछि दुबैतर्फबाट गोलको प्रयास भएपनि गोल भने हुन नसक्दा बर्नलीले १–० को जित दर्ता गर्यो ।
जितपछि १० खेलबाट १६ अंकसहित बर्नली सातौं स्थानमा रहेको छ । १० खेलबाट १४ अंकसहित न्युक्यासल नवौं स्थानमा यथावत छ । त्यस्तै १० खेलबाट २८ अंकसहित म्यान्चेष्टर सिटि शिर्ष स्थानमा छ भने २३ अंकसहित यान्चेष्टर युनाइटेट दोस्रो स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा