सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुर, कात्तिक १४ । उदयपुरमा एक यात्रीबहाक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् । कटारीबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको ना१ज ३४०४ नम्बरको टाटासुमो जिप सोमबार दिउँसो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेर दुर्घटनामा परेको हो ।
मृतकको सनाखत हुन सकेको छैन । जिपमा कुल ११ जना सवार थिए । घाइतेहरुको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा