सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक १२ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने भएको छ। कात्तिक १ गते सर्वोच्च अदालतको आदेशका कारण मतपत्र छापाई रोकेको निर्वाचन आयोगले प्रत्यक्षतर्फ दुईवटै मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लोभागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्च अदालतको आदेशका कारण अब छुट्टछुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको हो ।
सर्वोच्चको आदेशपछि केही दिनदेखि आयोगले यो विषयमा औपचारिक अनौपचारिक छलफल गर्दैै आएको थियो । निर्वाचन आयोगले हिजो सर्वोच्च अदालतको आदेश प्राप्त गरेपछि मतपत्र छपाई रोकेर आन्तरिक छलफल सुरु गरेको थियो। आइतबार महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो । निर्वाचन आयोगले छलफलसँगै छुटैछुटै मतपत्र छापे पनि तोकीएकै मितिमा निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रत्यक्षतर्फका दुईवटै मतपत्र छाप्ने तयारीमा गरेको आयोगले भोलिबाटै छपाई सुरु गर्ने तयारी गरेको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार कात्तिक १० गतेबाट आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई सुरू गर्नुपर्ने थियो। तर अदालतको आदेशसँगै मतपत्र छाप्ने विषयमा अन्यौलमै रहेको हुनाले आयोग विभिन्न छलफलमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउदो मंसिर १० मा पहिलो चरणको र मंसिर २१ मा दोस्रो चरणको निर्वाचन हुदै छ । जसअनुसार मंसिर १० गते पहिलो चरणको निर्वाचन ३२ जिल्लामा ३७ सिटका लागी प्रतिनिधिसभा र ७४ सिटमा प्रदेशसभाका लागी निर्वाचन हुदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा