सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
धादिङ, कात्तिक ११ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा खसेको छ । राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ५ घारबेसी सडकबाट बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो।
दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । बस नदीमा डुबेकाले यात्रुको संख्या र बस नम्बर यकिन गर्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।
अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा