सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, कात्तिक १० । नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताएका छन् ।
रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उनले बाम गठबन्धनबाट सरकार अतालिएरको धारणा राखे । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने लागेको बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताए ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी उनको छ । उनले मध्यपुर थिमीमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा