सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ९ । नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो राजनिति घटनाक्रमको विषयमा पार्टीको विचार राख्ने बुझिएको छ । मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र पछिल्लो राजनीतिक अवस्थाबारे समसामाहिक राजनैतिक र चुनाव सम्बन्धी संयुक्त पत्रकार सम्मेलन अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरमा दिउँसो ४ गर्न लागेका हुन ।
एमाले स्थायी समितीको विहिवार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन कुनै पनि वहानामा सार्न नहुने भन्दै विज्ञप्ति समेत जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलाशले बिहिवार दुई न्यायाधीशको संयुक्त इजलासले निर्णय गरिसकेको मुद्दामा अर्को आदेश दिएपछि त्यसको चौतर्फी विरोध भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा