सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको आगामी मंसिरमा हुने निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गरेका छन् । राससको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने खाँचो औँल्याए । सञ्चार माध्यमले विगतका लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रम देउवाले भने, “देशमा संविधानको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउन होस् वा आउँदो निर्वाचनमा नागरिकलाई सहभागी बनाई आफ्नो लोकतान्त्रिक हक, अधिकारको रक्षा गर्ने सन्दर्भमा होस्, राससले निष्पक्ष तथा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भूमिकालाई सधैं अवलम्बन गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।”
प्रम देउवाले भूकम्पबाट क्षतिग्रस्त रासस कार्यालयको भवन शिलान्यास गर्न पाएकामा खुशी व्यक्त गर्दै पुनःनिर्माणलाई निरन्तर र अविच्छिन्नरुपमा गर्ने सरकारको प्रयासमा महत्वपूर्ण अवसर भएको स्पष्ट पारे । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससले आफूलाई स्वतन्त्र, निष्पक्ष तथा आधिकारिक समाचार समिति र राज्यको समाचार बैंकका रुपमा आफूलाई स्थापित गरेको बताए ।
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रासस सबल र सक्षम भएमा राज्य पनि बलियो हुने हुँदा राज्यले राससमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए ।
विसं २०३१ मा निर्मित रासस केन्द्रीय कार्यालय भवन विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक एवं प्राविधिक सहयोगमा शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत नयाँ भवन निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले निर्माण गर्न लागेको हो ।
पहिलो चरणमा भूकम्पले क्षति पुर्याएका दुई भवनमध्ये पछिल्लो भवन भत्काउने कार्य सम्पन्न भई सोही स्थानमा नयाँ भवन निर्माण शुरु भएको हो । चारतले सो भवनको ब्लक ‘ए’ मा १९ कोठा रहनेछन् ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा