सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, कात्तिक ९ । झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने जानकारी दिए ।
नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ ।
यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका बारे नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको छ । जिल्लामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन समेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
कार्यालयले टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव दिएको छ भने नियमितरुपमा झुल टाँगेर सुत्न, ज्वरो आएको बेला वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा