सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, कात्तिक ८। राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माण गर्नका लागि ग्लोबल टेण्डरको आह्वान गरेको छ । परिषदले १० महिनाभित्र रंगशाला बनाउनुपर्ने बनाउनुपर्ने प्रावधान राख्दै ग्लोबल टेन्डर आह्वान गरेको हो । २०१९मा हुन गइरहेको दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै रंगशाला निर्माणका लागि परिषद कस्सिएको हो ।
परिषदका अनुसार रंगशाला २० हजार दर्शक क्षमताको हुनेछ भने १ अर्ब रुपैयाँ बजेट छुट्याइएको जनाएको छ । पहिलो चरणको टेण्डरबाट छनोट भएका कम्पनीले मात्र दोस्रो चरणको टेन्डरमा भाग लिन पाउने परिषदले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको रंगशालामा ट्रयाक एन्ड फिल्ड, आधुनिक फ्लड लाइट, स्कोर बोर्ड, डिस्प्ले बोर्ड, खेलाडी आराम कक्ष, कन्फरेन्स हल, स्टोर रुम लगायतका कक्ष हुनेछन् ।
अझ रंगशालालाई आकर्षक बनाउनका लागि पुराना दुई प्याराफिट भत्काएर नयाँ निर्माण गरिनेछ । २०४० सालमा निर्माण गरिएको उक्त रंगशाला दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि बनाइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा