सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, कात्तिक ८ । डाक्टर बाबुराम भट्टराईलाई समर्थन गर्दै गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। बाबुराम भट्टराईले उम्मेदवारी दिनुभएको क्षेत्रबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराउनुभएका संघीय समाजवादी फोरम नेपालका सुकदेव गुरुङ तामाङले उम्मेदवारी फिर्ता लिनुभएको हो । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको आग्रहमा उम्मेदवारी फिर्ता लिएको उहाँले बताउनुभयो । ‘केन्द्रमा नयाँ शक्ति र हाम्रो पार्टीबीच कुरा भएछ, यहाँ मैले भट्टराईजीलाई सघाउने र उपेन्द्रजीलाई नयाँशक्तिले सघाउने सल्लाह अनुसार फिर्ता लिएको हुँ’ उहाँले भन्नुभयो ।
अब प्रत्यक्षतर्फ भट्टराईलाई सघाउँदै समानुपातिकमा आफ्नो पार्टीका लागि भोट माग्न हिँड्ने तामाङको भनाई छ । आदिवासी जनजातिको बाक्लो बसोबास भएको पालुङटार नगरपालिका वडा नम्बर ५ सहित श्रीनाथकोट, जौवारी, घ्याच्चोक, मिरकोट लगायतका क्षेत्रमा संघीय समाजवादीले संगठन विस्तार गरेको छ ।
यस्तै नयाँशक्ति पार्टीको तर्फबाट क्षेत्र नम्वर २ अन्तर्गतकै प्रदेश १ का उम्मेद्वार हरिशरण आचार्यलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक ) का रुद्रराज पाण्डेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
पार्टीले केन्द्रबाट गरेको परिपत्र अनुसार मनोनयन फिर्ता लिएको उहाँले बताउनुभयो । ‘मलाई त निकै बलियो उम्मेदवार हुँ भन्ने लागेको थियो, तर पार्टीले भनेपछि फिर्ता लिनै पर्यो’ उहाँले भन्नुभयो, ‘अब प्रत्यक्षतर्फ आँखामा र समानुपातिकमा गोलाकारभित्रको हलोमा भोट माग्न हिँडिन्छ ।’
दुई उम्मेदवारले मनोनयन फिर्ता लिएसँगै गोरखाको निर्वाचन क्षेत्र नम्वर दुईमा नयाँ शक्तिका संयोजक भट्टराईको जीत्ने आधार निकै बलियो बनेको नयाँ शक्ति पार्टीले जनाएको छ ।
भट्टराईले नेपाली कांग्रेसको समर्थनमा उम्मेदवारी दिनुभएको छ । वामगठवन्धनबाट भने नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भट्टराईको प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । एमाले उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा