सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कात्तिक ८ । स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकामा एमालेबाट उम्मेदवार भएका देवी ज्ञवालीले बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बुधबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
मंसिर १० र २१ मा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार छनोट तथा चितवन ३ मा निर्वाचन लड्ने विषयमा कुराकानी गर्न प्रचण्ड बुधबार बिहानै ओली निवास पुगेका थिए । ओलीले ज्ञवालीलाई पनि भेट्न सोही समयमा बोलाएका थिए । पहिले प्रचण्डसँग कुराकानी गर्दे ओलीले ज्ञवाली र प्रचण्डको भेट गराइदिएका थिए । दुवैबीच केही राजनितिक विषयमा कुरा भएको तथा तिक्तता कम गर्ने र आगामी निर्वाचनमा मिलेर जाने विषयमा सहमति भएको स्रोतले जनाएको छ । चितवनबाट वामपन्थी गठबन्धनलाई जिताउन भन्दै उनलाई जिम्मेवारी पनि दिएको बुझिएको छ ।
स्थानीय चुनावमा भरतपुर मतगणना हुदै गर्दा मतपत्र च्यातिएको विषयमा सर्वोच्च सम्म मुद्धा पुगेको थियो । सर्वोच्चको पुन निर्वाचन गर्न अन्तरिम आदेश दिएँगै पुन मतदानमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी भएकी थिइन । त्यही घटनाबाट एमाले र माओवादीबिचको सम्बन्ध चिसो भएको थियो । आउँदो प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएपछि एमालेको समर्थनमा आशंका उत्पन्न भैरहेको बेला दुवै नेताले ज्ञवालीसँग भेट गरेका हुन् ।
बुधबार बिहान ओली निवासमा भएको ज्ञवाली र प्रचण्डबीचको भेटवार्ताको क्रममा प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुकमा देवी ज्ञवालीसँग खिचेको सेल्फी र फेसबुकमा लेखेका स्टाटस लेखेका छन् । प्रकाश दाहालले आफनो फेसबुकमा दुईबटा तस्बिर राख्दै यस्तो स्टाटस समेत लेखेका छन, ‘वाम एकताले पैदा गरेको निकटता ।’ जु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रचण्डपुत्र प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा “बाम एकताले पैदा गरेको निकटता ” भन्दै फोटो पोष्ट गरेको छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा