सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ७। प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्याल विरुद्ध हदैसम्मको कारबाही माग गर्दै रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतबाट जन्मकैदको सजायँ सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगरेको भन्दै त्रिपाठीले रिट हालेका हुन् । यस अघि त्रिपाठीकै रिटमा सर्वोच्चले एक हप्ता भित्र ढुंगेललाई समाउन प्रहरी महानिरीक्षकको नाममा परमादेश जारी गरेको थियो ।
न्याय प्रशासन ऐन २०७३ अनुसार अर्याल दोषी करार भएमा उनलाई एक वर्षसम्म कैद वा १० हजार जरिवाना हुने छ । फौजदारी मुद्दामा दोषी करार भएमा अर्यालयको प्रहरी महानिरीक्षक पद पनि धरापमा पर्ने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा