सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, कात्तिक ४ । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले शनिबार बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।
खानतलासी गर्दा उनीहरुबाट रु. ९ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा