सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाबियाचौर, कात्तिक २ । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित ओमकुमारी शान्ति कोषमा बहराइनबाट करिब रु तेह्र लाख सहयोग प्राप्त भएको छ । रु. एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न म्याग्दी उद्धार समिति बहराइनले रु बाह्र लाख ९३ हजार सहयोग गरेको हो । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० बहराइनका संरक्षक लालप्रसाद पुनले बुधबार बेनीमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गर्नुभयो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० बहराइनका अध्यक्षसमेत रहनुभएका पुनले प्रवासमा रहेका म्याग्दीका बासिन्दाले खाना, खाजा खर्च कटाएर आफ्नो जन्मथलोको परोपकारी अभियानका लागि सहयोग जुटाएको बताउनुभयो ।
अभियानका क्रममा हालसम्म ७०० जनाले रु पाँच हजारभन्दा बढी सहयोग गरेर आजीवन सदस्यता समेत लिएका छन् । रु दुई लाख सहयोग गरेर १८ जनाले संरक्षक सदस्यता लिएका छन् । मोना कतार र म्याग्दी उद्धार समिति बहराइनले रु तीन लाखभन्दा बढी सहयोग गरेर संस्थागत संरक्षक सदस्यता लिएका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।
कोषले जटिल रोगले थलिएका ४५ जना विपन्नलाई अभियान सञ्चालन गरेर सहयोग जुटाएको छ । हाल पाँचजनाको उपचारका लागि आर्थिक संकलन अभियान सञ्चालनमा छ । अक्षयकोषको ब्याजबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित जिल्लाका नागरिकलाई सघाउने उद्देश्य रहेको अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
हाइपोपलास्टिक एनिमिया रोगबाट मृत्यु भएकी बेनपा–४ की ओमकुमारी पुन शान्तिको उपचारका लागि संकलन भई खर्च हुन बाँकी रहेको रु १३ लाखबाट कोषको घोषणा गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा मुटुरोगबाट थलिएका बेनपा–७ मंगलाघाटका बाबुराम शाक्यको उपचारका लागि सहयोग जुटाउन गठित अभियानका संयोजक सचिन शाक्यलाई रु ३४ हजार उपलब्ध गराइएको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा