सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, कात्तिक १ । रुपन्देहीको बुटवल क्षेत्र डेंगु संक्रमणको जोखिममा देखिएको छ । रुपन्देहीका अन्य क्षेत्रभन्दा बुटवल क्षेत्र डेंगु संक्रमणको जोखिमा देखिएको हो । असोजको अन्तिम हप्ता मात्र १६ जना डेंगुका विरामीहरु बुटवलमा फेला परेपछि डेंगु संक्रमणको जोखिम बढेको देखाएको हो । यस्तै गएको साउन यता मात्र रुपन्देहीमा ६२ जना डेंगुका विरामी फेला परेका हुन् ।
पछिल्लो जानकारी अनुसार बुटवलका विभिन्न अस्पतालमा अहिले १६ जना विरामीहरुले डेंगुको उपचार गराई रहेका छन् । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा अन्य ब्यक्तिमा पनि डेंगु रोग सर्दछ ।
अहिलेको मौसम डेंगुका लागि अनुकुल मौसम भएकाले यसका विरामीहरुको बृद्धि भएको चिकित्सकहरु बताउछन् । एकातर्फ डेंगु रोगका विरामीहरु थपिदै जाने र अर्काेतर्फ वाईट ब्लड सेलको अभावले बिरामीको उपचारमा समस्या देखिन थालेको लुम्विनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनुहुन्छ ।
डेंगुको संक्रमण भएका बिरामीहरुको उपचारका लागि रगतको धेरै आवश्यकता पर्ने भएकाले अस्पतालमा उपचारका लागि आवश्यक पर्ने रगत दान गर्न र सहयोग गर्न सूचना अधिकृत रेग्मीले आग्रह गर्नु भएको छ ।
उहाँभन्नुहुन्छ–‘‘अहिले डेंगुका विरामीहरु बढ्दै गएकाले रगतको धेरै अभाव देखिएको छ, डेंगु लागेका विरामीहरुलाई रगत धेरैनै चाहिने हुँदा सर्वसाधारणले रगत दान गरेर सहयोग गरेमा उपचारमा धेरै मद्दत पुग्ने थियो ।’’
उहाँले बुटवल क्षेत्रमा डेंगु चुनौतीका रुपमा देखिएकाले बुटवल उपमहानगरपालिकाले गम्भिर भई काम गर्नु पर्ने सुझाव दिनु हुन्छ । पछिल्लो समय देखिएका डेंगुका विरामीहरु बुटवल वडानम्बर ६ देखि ११ सम्मका बढी देखिएका छन् र सो क्षेत्रमा चुनौती धेरै देखिएको पनि पाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा