सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक १ । मंसिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना भने एकै चरणमा हुने भएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिए पछि मात्रै मतगणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर १० गते सम्पन्न हुने निर्वाचन अन्तर्गत मतदान सकिएपछि मतपेटिकाहरु संकलन गरेर राखिने छ ।
मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनपछि मात्रै देशभर मतगणना शुरु गरिने उनले बताए । निर्वाचन आयोगले मंसिर १० गते उच्च पहाडी तथा हिमाली ३१ जिल्ला र २१ गते थप ४६ जिल्लामा मतदान हुने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि कार्तिक १० गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको मनोनयन दर्ता गरिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा