सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सबै काम कार्वाही पारदर्शी हुुनुपर्नेमा जोड दिएकी छन्। ‘सूचनामा सर्वव्यापी पहुँचसम्बन्धि अन्तर्राष्ट्रिय दिवस’ को अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई सूचना दिने हकलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण समेत गराइन्।
राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढिकरणका लागि पनि नागरिकको सूचनाको हकलाई कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने बताइन्। कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिको सूचनाको हकसँग बाँझिएका कानुन खारेज गर्न सरकारलाई सचेत गराए। उनले सूचनाको बर्गीकरण गरी नागरिकको सूचनाको हक पाउने अधिकारलाई सुनिश्चित गर्न पर्नेमा पनि जोड दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा