सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, असोज ३० । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ । नोबेलका सञ्चालक डा सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ । शर्माले भन्नुभयो “सरकारले एक परिवारको बीमाका लागि रु दुई हजार ५०० लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ ।
शर्माले विपन्न, दलित तथा अल्पसंख्यक परिवारका २०० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने जानकारी दिनुभयो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजले दुई सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शर्माले भन्नुभयो, “आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका १५० बढी रोगी बिरामीको नोबेल अस्पतालमा उपचार गराइरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा